Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रास्वपाको महाधिवेशन प्रक्रिया आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) को महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु हुन लागेको हो । 

अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ । कैलालीको टीकापुर नगरपालिका १ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका ६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका १३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।

यस्तै, पोखरा महानगरपालिका १० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका ११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका २ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका २० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।