Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

औषधि व्यवस्था विभागद्वारा १० प्रकारका औषधि उत्पादनमा रोक

औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै औषधि मूल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको जनाएको हो । 

लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो। यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो।

यी औषधिहरू नेपाली कम्पनीबाट उत्पादित औषधिहरू रहेका छन्।

press.webp