Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एनसेलको शेयर खरिदबिक्रीविरुद्ध रिटको पेसी न्यायाधीश ढुंगानाको इजलासमा

एनसेल शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

यसअघि आइतबार र सोमबारका लागि तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।