Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

एनसेलविरुद्ध सांसद अमरेशको रिट लगातार ‘हेर्न नभ्याइने’मा

दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट लगाार ‘हेर्न नभ्याइने’मा परेको छ ।

गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी मंगलबार (भोलि)लाई सरेको छ । सोमबार न्यायाधीश शर्माको इजलासमा सो रिट २५औँ नम्बरमा परेको थियो । 

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब  हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।