Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

धनुषामा एक जना पुरुष मृत फेला

धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् ।

अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका हुन् । सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका उनी मृत फेला परेका प्रहरीको भनाइ छ ।

बुधबार दिउँसोदेखि नै उनले अत्यधिक मदिरा सेवन गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।