पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहाइको हकमा दुई जना न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशले मुद्दा हेर्ने भएका छन् ।
न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन् । दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।
त्यस्तै टोपबहादुर रायमाझी पनि धरौटीमा रिहा हुन सकेनन् ।