Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

निरन्तर बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको?

स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो ।  यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।