Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इजरायलमा आमाबाबुलाई मारेर बन्धक बनाइएकी चार वर्षीया बालिका एक वर्षपछि रिहा

प्यालेस्टाइनी लडाकु समूह हमासले आइतबार रिहा गरेका १७ बन्धकमा चार वर्षीया इजरायली–अमेरिकी एक बालिका पनि छिन् । दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती बालिकालाई समेत अपहरण गरिएको थियो ।

अपहरण गरिँदा एभिगेल इडान नाम गरेकी बालिका केवल तीन वर्षकी थिइन् । उनलाई उनकै घरबाट बन्धक बनाइएको थियो । उनका आमाबाबुलाई हमास बन्दुकधारीले आक्रमण गरी मारेका थिए । अहिले उनी चार वर्षकी भइन् । उनका आफन्तले अमेरिकी राष्ट्रपति जो बाइडेन, कतारी सरकार र एभिगेलको रिहाइमा संलग्न अन्यलाई समेत धन्यवाद दिए । बाँकी बन्धकलाई पनि रिहा गर्न उनीहरूले आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

हमास–इजरायल चारदिने अस्थायी युद्धविराम सम्झौताअन्तर्गत उनीहरूलाई रिहा गरिएको हो ।