डिसेम्बर २१ मा बलिउडका बादशाह शाखरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै एक्साइटेड छन् ।
राजु हिरानीको निर्देशनमा शाहरुखले पहिलो पटक काम गरेका हुन् । तर यो फिल्म उनले कसरी पाए? के कारणले गर्दा शाहरुख र राजुसँगै आए । यस्ता कुराहरूको खुलासा शाहरुखले #AskMeAnything सेसनमा गरेका थिए । हरेक फिल्म रिलिज हुनु अघि शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तरको एउटा सेसन राख्छन् । यसमा उनले आफ्ना फ्यानहरूले सोधेको प्रश्नको उत्तरमा रमाइलो जवाफ दिन्छन् । यही सेसनमा शाहरुखलाई सोधिएको थियोः यस पटक राजकुमार हिरानीले तपाईँलाई अप्रोच गरे कि तपाईँले हिरानी सरलाई रु यसको जवाफ दिँदै शाहरुखले रमाइलो अन्दाजमा जवाफ दिए, ‘मैले राजकुमार हिरानीको घरको अगाडि टेन्ट लाएको थिँए । त्यही कहानी सुनियो अनि साइन पनि त्यही गरियो । एडिटिङ्ग पनि त्यही चलिरहेको छ ।’
अर्का एक युजरले टम क्रुजले मोटरसाइकलबाट हामफालिरहेको एक्सन सीनको फोटो शेयर गर्दै उनलाई सोधेका थिए, ‘के तपाईँले पनि यस्तो केही गर्ने सोच्नु भएको छ, जस्तो टम क्रुजले मिसन इम्पोशिबल ७ मा गरेका थिए?’ यसको जवाफमा भने शाहरुखले आफूसँग त मोटरसाइकल नै छैन यार भनेका थिए । अर्का एक युजरले भने लुटपुट गीतमा बच्चाको जस्तो इलेक्ट्रिफाइङ एनर्जी कहाँबाट आयो भनेर सोधेका थिए । यसको जवाफमा शाहरुखले आफ्नो घरमा एउटा सानो बच्चा छ, त्यही बच्चाको सरलता र एनर्जी आफ्नो गीतमा हाल्न सकूँ भन्ने कोसिस गरेको बताए । फ्यानहरूलाई शाहरुखको हाजिरी जवाफको यो शैली निकै मन परिरहेको छ ।