अभिनेत्री श्वेता खड्कालाई पितृ शोक परेकोे छ। अभिनेत्री खड्काका एक सय एक वर्षिय पिता ओत बहादुर खड्काको मंगलबार सॉझ मृत्यु भएको हो।
उनको आफ्नै बनस्थली निवासमा निधन भएको छ । पुर्व सैनिक स्व. खड्काको शोक सलामी सहित पशुपतिमा दाहसंस्कार गरिएको छ। ।
श्वेता खड्का एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट गरेकी हुन्।