Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी

जनकपुरधामको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । ‘हिन्दू सम्राट सेना धनुषा’ ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘’ बोलको पुरानो राष्ट्रिय गान बजाइएको थियो ।

प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध युवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् । कुनै पनि व्यक्तिलाई संबिधान तथा कानून प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।’