Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

खिमानन्द खरेलको “पारिजातको बोट” गीत बजारमा (भिडियोसहित)

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा नेपाली लोक दोहोरी क्षेत्रको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको “पारिजातको बोट” बोलको गीत सार्बजनिक भएको छ । आफ्नै गाउँ ठाउँमा गुञ्जीने पञ्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिंह र सुनिता बुढा क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको लय तथा शब्द र रामचन्द्र चन्दको संगीत संयोजनमा सजिएको यस गीतको म्युजिक भिडियोलाई पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायांकन गरिएको हो ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने भिडियोमा अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको अभिनय देख्न सकिन्छ । सुमन थापाको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोलाई राम केसीले छायांकन र अमृत चौलागाईंले सम्पादन गरेका हुन् । भिडियोलाई Revensh music Youtube च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।