Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

कैलालीको भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका–४ मा सोमबार साँझ से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा डोटीको जोरायल गाउँपालिका–२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।