Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बझाङमा भूकम्पको धक्का

 बझाङमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर परकम्प हो । 

गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको गएको थियो । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जानकारी गराएको छ ।