बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

राजेश खन्नालाई स्टार बनाउने त्यो फिल्म, कति वर्षसम्म चलेको थियो ?

राजेश खन्नालाई स्टार बनाउने त्यो फिल्म, कति वर्षसम्म चलेको थियो ?

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • राजेश खन्नालाई स्टार बनाउने त्यो फिल्म, कति  वर्षसम्म चलेको थियो ?

    अहिले सिनेमा हलमा फिल्महरु केही हप्ता वा दिनमै हटिसक्छन् । कति फिल्म त कहिले आए अनि कहिले गए भन्ने नै थाहा हुन्न । तर सन् १९९६ मा बलिउडमा यस्तो फिल्म आएको थियो, जुन फिल्म ५० हप्तासम्म चल्यो । यो फिल्म थियो शक्ति सामन्तको निर्देशनमा बनेको आराधना । यो फिल्ममा राजेश खन्नाको मुख्य भूमिका थियो । यो त्यही फिल्म थियो जसबाट राजेश खन्ना बलिउडको पहिलो सुपर स्टार बने ।

    आराधनामा राजेश खन्नाको साथमा शर्मिला टैगोर पनि मुख्य भूमिका थियो । यस बाहेक पनि फरिदा जलाल, सुजित कुमार सुभाष घई र अशोक कुमार जस्ता स्टारहरुको पनि अभिनय थियो । यो फिल्मले कमाईको मामिलामा त्यति बेला नयाँ रेकर्ड बनाएको थियो । फिल्मको बक्स अफिस कलेक्शन १७ करोड ८५ लाख रुपयाँ थियो । आजको हिसाबमा हेर्ने हो भने फिल्मको कमाई ९ अर्ब रुपयाँ भन्दा धेरै हुन्छ । अर्थात् यो जुनियर एनटीआर र रामचरणको आरआरआरलार्ई समेत टक्कर दिने फिल्म थियो । यो फिल्मको सिक्वेल पनि आयो ।

    images
    images
    images

    ३ वर्षसम्म चलेको थियो फिल्म

    images

    यो फिल्ममा राजेश खन्ना र शर्मिला टैगोरले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । फिल्ममा दुबैको केमेष्ट्रीलाई निकै मन पराइएको थियो । यो फिल्म ब्लकबष्टर बनेपछि यी दुबैको जोडी पनि निकै हिट भयो । फिल्म हिन्दी बाहेक गैर–हिन्दी भाषामा पनि रिलिज गरिएको थियो । आराधना दक्षिण भारतका सिनेमा हलमा ३ वर्षसम्म चलेको थियो । चेन्नईमा आराधाना रिलिज भएपछि हिन्दी भाषा विरुद्ध चर्को विरोध प्रदर्शन नै भएको थियो ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार