Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

नयाँ शो ल्याउँदै भारतीय कमेडियन कपिल शर्मा

कपिल शर्माले नयाँ शो ल्याउने भएका छन्।  उनको नयाँ शो ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रसारण हुनेछ। उनले नेटफ्लिक्समा एक भिडिओ सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

हालसम्म शोको नाम खुलासा गरिएको छैन। 'द कपिल शर्मा शो' सोनी टिभीमार्फत प्रसारण भइरहेको थियो। कपिल र उनको टिमले शोमा आएका अतिथिलाई हँसाउदै आएका थिए। दर्शकले पनि शोलाई निकै मन पराइरहेका थिए। यसै वर्ष जुलाईमा 'द कपिल शर्मा शो' को चौथो सिजन सकिएको थियो।

नयाँ शोमा पुरानै कलाकार दोहोरिनेछन्। शोमा कपिलसँगै अर्चना पुरन सिंह, किकु शारदा, राजीव ठाकुर कृष्णा अभिषेकलगायत देखिँदैछन्। यो 'द कपिल शर्मा शो' भन्दा फरक हुने बताइएको छ।