Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

टिकटक बन्दबारे के भन्छन् मेयर बालेन?

काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटकलाई बन्द नभएर नियममा ल्याउनु पर्ने बताएका छन् । आज मंगलबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले टिकटकलाई बन्द नभएर नियममा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले टिकटकसंग अन्य सामाजिक सञ्जाललाई पनि अनुगमन, नियममा ल्याउन सरकारलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो, साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लाटफर्म भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो । अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नु होला ।’