Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मन्त्री किरातीको गुनासोः आफू राम्रो बनेर अरूलाई खोट लगाउने संस्कृति विकसित हुँदैछ

‘नेपाली जात्राहरूलाई विश्वस्तरमा चिनाउनु पर्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली जात्राहरूलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् ।

आज मङ्गलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा मन्त्री किरातीले नेपालमा हुने जात्राहरूलाई महोत्सवको रूपमा सञ्चलन गरी विश्वबाट पर्यटक तान्नु पर्ने बताए । उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरूलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रूपमा सञ्चालन गर्नुपर्छ । नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्छ ।’ मन्त्री किरातीले आफू राम्रो बनेर अरूलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।