Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

हुम्लाबाट उड्न तयार नेपाल एयरलाइन्सको हवाईजहाजमा समस्या देखिएपछि...

हुम्लाको सिमकोट विमानस्थलबाट बाँके नेपालगञ्जका लागि उड्नलाई तयार नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।

नेपाल एयरलाइन्सको नाइन एन–एबीयू कलसाइनको हवाई जहाज आज बिहान ८बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ ।

यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् । हवाई जहाज बनाउन नेपालगञ्जबाट प्राविधिक बोलाइएको छ । सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ । हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।