Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

'राजा हिन्दुस्तानी'को पहिलो रोजाइ थिइनन् करिश्मा, ऐश्वर्याले किन स्विकारिनन् धर्मेशकाे प्रस्ताव?

सन् १९९६ मा प्रदर्शन भएको फिल्म 'राजा हिन्दुस्तानी' लाई दर्शकले खुबै मन पराएका थिए। अहिलेसम्म पनि यो फिल्मलाई दर्शकले मन पराइरहेका छन्। यही फिल्मबाट अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडीको चर्चा भएको थियो। फिल्ममा उनीहरू दुवैले राम्रो अभिनय गरेका थिए।

ka.jpg

यो फिल्मको मुख्य पात्र रहेकी करिश्मा भने निर्देशकको पहिलो छनोट थिइनन्। फिल्मका निर्देशक धर्मेश दर्शनले अभिनेत्री ऐश्वर्या रायलाई रूचाएका थिए। धर्मेशले ऐश्वर्यालाई फिल्मको लागि प्रस्ताव गरे। तर ऐश्वर्याको मिस वर्ल्डमा सहभागि हुनुपर्ने भएकोले फिल्ममा काम नगर्ने निर्णय गरिन्। त्यतिबेला ऐश्वर्या धेरै चर्चित थिइन्। उनले अभिनय गरेका सबै फिल्म हिट थिए।

 

ka1.webp

यसपछि निर्देशकले करिश्मालाई प्रस्ताव गरेका थिए। करिश्माले यही फिल्मबाट आफ्नो अभिनय यात्रा ठूलो फड्को मार्न सफल भएकी थिइन्।