Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अभिनेत्री वर्षालाई तिहारको हतारो

दशैँ–तिहार जस्ता ठूला चाडपर्वसंगै नेपालीको एउटा पक्ष जोडिएर आउँछ । घरको सरसफाई यो समय अपरिहार्य जस्तै मानिन्छ । अझ तिहारमा त लक्ष्मीपूजा सबैभन्दा महत्वपूर्ण हुने भएकाले मानिसहरु तिहार आउनु हप्ता दिन अघिदेखि नै सरसफाई गर्न थाल्छन् ।

barsha rawat.png

नेपाली अभिनेत्रीहरुको घरमा पनि यस्तै हुने रहेछ । अभिनेत्री वर्षा राउतले इन्स्टाग्राममा एउटा भिडियो क्लिप्स सेयर गरेकी छिन्, जसले पनि यसै भन्छ । उनले ‘कसको–कसको घरमा सरसफाई सुरु भयो?’ भन्दै आफ्नी आमाको भिडियो राखेकी छिन् । जहाँ उनकी आमाले आफ्ना श्रीमानले करिव तीन दशकअघि खासाबाट ब्ल्याङ्केट ल्याएको भन्दै देखाएकी छिन् ।

barsha rawat2.webp

त्यही ब्ल्यान्केट सफा गरेर सरसफाईको थालनी भएछ उनको घरमा । उनीहरुले त तिहार बोलाउन थालिसकेछन्, अब तपाईँ–हाम्रोमा चाहिँ कहिले गर्ने?