Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

‘दिमाग खराब’ को प्रिमियर शोमा नेतादेखि खेलाडीसम्म

नेतादेखि खेलाडीसम्मले निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को प्रिमियम शो हेरेका छन्। बिहिबार साँझ ललिपुरको पुल्चोकस्थित लविम मलस्थित क्यूएफएक्स सिनेमाजमा भएको ग्राण्ड प्रिमियरमा नेता र खेलाडीले पनि फिल्म हेरेका हुन्।

dimag kharab3.jpg

उपसभामुख इन्दिरा राना मगर, प्रिमियर शोमा काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, सांसद सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल, खेलाडीद्वय कुशल भुर्तेल र सोमपाल कामीसहित थुप्रै कलाकार र राजनीतिककर्मीको प्रिमियम शोमा उपस्थिति थियो। सांसद रवी लामिछानेले दिमाग खराब हेर्नैपर्ने फिल्म बनेको बताएँ।

dimag kharab5.jpg

उनले फिल्मका निर्देशक निश्चल बस्नेतदेखि अभिनेत्री स्वस्तिमा खड्काको गाउँले भूमिकाको निकै तारिफ गरे। ‘समग्रमा यस फिल्मको सन्देश निकै राम्रो छ। यसले अहिलेको मुलुकको अवस्था सबै चिजको चित्रण गरेको छ। यो प्रत्यके जनताले नछुटाइकन हेर्नैपर्ने फिल्म हो।

dimag kharab4.jpg

यसरी नै विभिन्न माध्यममार्फत जनता जगाउने काम गर्नुभयो भने परिवर्तन सम्भव छ,’ लामिछाने भने। काठमाडौं महानगरका मेयर बालेनले पुरा फिल्म हेरेतापनि कुनै प्रतिक्रिया दिएनन्। तर, आजभने उनले फेसबुकमा पोस्टर सेयर गर्दै अमेजिङ सिनेमा भन्दै प्रतिक्रिया दिएका छन्।  कलाकार हरिवंश आचार्यले पनि फिल्मको तारिफ गर्दै यो फिल्म आगामी चुनावको लागि मेरुदण्ड र कोर्सबुक बन्ने धारणा राखे।  

dimag kharab6.jpg

कप्तान रोहित पौडेलले राजनीति धेरै नबुझेपनि फिल्म उत्कृष्ट लागेको सुनाए। त्यसैगरि, कलाकाहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, निर्मल शर्मा लगायतले पनि राजनीतिक विषयवस्तुलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको प्रतिक्रिया दिए। यस फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा,  विजय बराल, पुस्कर गुरुङलगायतको अभिनय छ। रौनक निर्माता रहेको फिल्मको कथा आकाश बरालको लेखेका हुन्। २ घण्टा २८ मिनेटको फिल्मले राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भन्छ।