Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

भारतमा सबैभन्दा कम कमाउने फिल्म बन्यो 'द लेडी किलर'

कुनै पनि फिल्म चल्न महत्वपूर्ण कुरा भनेको फिल्मको प्रचार-प्रसार गर्नु पनि हो। बलिउड अभिनेता अर्जुन कपूरले त्यस्तो फिल्म गरे, जुन फिल्मको प्रचार-प्रसार भएन। यति मात्र होइन यो फिल्म प्रदर्शन हुँदा कसैलाई थाहा भएन।

अभिनेता अर्जुनले अभिनय गरेको फिल्म 'द लेडी किलर' प्रमोशनबिना नै रिलिज भएको थियो। फिल्ममा अर्जुन कपूर र भूमि पेडनेकरको मुख्य भूमिका थियो। फिल्मको निर्देशन अजय बहलले गरेका थिए। यो फिल्म रिलिज भएपछि यो फिल्मलाई आधा कथामा रिलिज गरेको भन्दै टिप्पणी भएको थियो। निर्देशक अजयले यो फिल्मबारे बताउँदै भने, 'यो आधा कथामा बनेको फिल्म होइन। यो पुरै कथामा बनेको फिल्म हो। यो फिल्म बनेकोमा म खुसी छु साथै गर्व गर्छु। ११७ पेजको स्क्रिप्टमा ३० पेजको कथा छायांकन गर्न बाँकी थियो। यो फिल्ममा अर्जुन र भूमिको रोमान्टिक सिन, भूमिले रक्सी पिएको, अर्जुनको साइकोलोजी जस्ता कुराहरूको सुट नै भएको थिएन।'

यो फिल्म हलमा सुपरफ्लप सावित भएको छ। फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा ३८ हजार भारू मात्रै कमाएको छ। यो फिल्म गतशुक्रबार प्रदर्शन भएको थियो।