अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुले सेवाग्राहीबाट एक लाख ५० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । केही दिनअघि अख्तियारको टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
दायर गरिएको मुद्दामा उनीहरसँग एक लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।