Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

उपचारका क्रममा अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो ।

 झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।