Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

फिल्म 'चित्रा' को पहिलो गीत 'नजरैको हाना हान' सार्वजनिक (भिडियोसहित)

घनश्याम लामिछाने निर्देशित फिल्म 'चित्रा' को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार ‌ओएसआर डिजिटल युट्युबमार्फत फिल्ममा समावेश 'नजरैको हाना हान' बोलको गीत सार्वजनिक गरिएको हो।

 राजनराज शिवाकोटी र मिलन नेवारको स्वर रहेको गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ। प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडिओलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ। यो गीतमा सन्तोष अधिकारी र शुभेच्छा खड्का फिचर्ड छन्। सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्मले बाबु र छोरीको कथालाई उठान गरेको छ। फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अस्ट्रेलियामा रिलिज गरिनेछ।

फिल्ममा सन्तोष र शुभेच्छासँगै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ। आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ। फिल्मलाई महेश पौडेलले छायांकन गरेका हुन्। यो फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। यस्तै अस्ट्रेलिया अधिकार अविनाश रोका मगरले लिएका छन्।