Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

कति थियो बलिउड कलाकारको पहिलो पारिश्रमिक , कति लिन्छन् अहिले?

विश्वको फिल्म क्षेत्रलाई अवलोकन गर्ने हो भने, भारतीय फिल्म क्षेत्र चर्चित अवस्थामा रहेको देखिन्छ। भारतीय फिल्म क्षेत्र चर्चामा आउनुको कारण भनेको बलिउड कलाकारहरूको मुख्य भूमिकाले हो। बलिउडका केही कलाकारहरू यस्ता छन्, जसले गर्दा बलिउड फिल्म अन्तर्राष्ट्रिय रूपमा नाम राख्न सफल भएको छ।

उनीहरूले यहाँसम्म आइपुग्न धेरै संर्घष गरेका छन्। बाहिरबाट हेर्दा कलाकारिता क्षेत्र अभिनय गर्नु मात्र नभएर संवेदशीतल तरिकाले अगाडि बढ्नुपर्छ। मानसिक, सामाजिक, राजनितिक, आर्थिक सबै कुरालाई ध्यान दिएर अघि बढ्न सक्नुपर्छ। कलाकारलाई अभिनयमा जीवन्त गरेको कारण नै दर्शकको मन जित्न सफल हुन्छन्। हामी आज बलिउड कलाकारहरूले आफ्नो अभिनय क्षेत्रलाई आर्थिक रूपमा कसरी अघि बढाए भन्नेबारे चर्चा गर्छौ।

amitab.jpg

अमिताभ बच्चन

बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चन एक अभिनेता हुन्। उनले भारतीय फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा माथि उकास्न धेरै महत्वपूर्ण भूमिका खेलेका छन्। उनले २ सयभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। पूर्व राजनीतिज्ञ समेत रहेका उनले सन् १९६९ मा फिल्म ुसात हिन्दुस्तानीु बाट अभिनय यात्रा सुरूवात गरेका थिए।

पहिला अभिनय गरेको पारिश्रमिक ५०० भारू लिने उनी अहिले एउटा फिल्मको १५ करोडदेखि ३० करोडसम्म पारिश्रमिक लिन्छन्। पछिल्लो समय उनी टेलिभिजन कार्यक्रमसँगै विभिन्न फिल्महरूमा मुख्य पात्र भन्दा सहायक पात्रको रूपमा देखिदैँ आएका छन्। मुख्य पात्रको देखिँदै आएका उनले सहायक पात्रमा पनि जीवन्त अभिनय गरेको पाइन्छ।

saharukha.jpgशाहरूख खान

बलिउड अभिनेता शाहरूख खान ५८ वर्षका भए। उनले पनि भारतीय फिल्मलाई विश्वमा सफल बनाउन सहयोग गरेका छन्। उनले काम गरेका फिल्मको पात्र पनि उनको अभिनय जस्तै चर्चित छन्। भर्खरै प्रदर्शन भएका ुजवानु फिल्मले राजनीति बेथितिलाई बलियोसँग देखाएको थियो। यो फिल्ममा खानले निभाएका भूमिका पनि जोडदार नै थियो। उनी अहिले एउटा फिल्म गरेवापत १५० देखि २५० करोड भारू पारिश्रमिक लिन्छन्। यहाँसम्म उनले पनि धेरै मेहेनत गरेर आएका हुन्। उनको पहिलो अभिनयको पारिश्रमिक ५० भारू मात्रै थियो।

salanam khan.webp

सलमान खान

बलिउडका सुपरस्टारमध्ये सलमान खान पनि हुन्। पछिल्ला समय भारतीय रियालिटी शो ुबिग बोसु को कार्यक्रम प्रस्तोता बन्दै चर्चामा आइरहेका उनका फिल्म भने कम चर्चामा रहेका छन्। उनको नयाँ फिल्म ुटाइगर ३ु प्रदर्शनमा आउँदैछ। उनले पनि भारतीय फिल्मलाई माथि उकास्न सहयोग गरेका छन्। उनको ुतेरे नामु फिल्म अझै पनि चर्चित छ। उनले नृत्य शोबाट पहिलोपटक ७५ भारू पारिश्रमिक लिएका थिए। अहिले उनी एउटा फिल्मको १०० देखि १५० करोड भारू पारिश्रमिक लिन्छन्।

amir khan.jpgआमिर खान

बलिउडका चर्चित अभिनेता मध्ये आमिर खान पनि हुन्। उनले पनि भारतीय फिल्मलाई माथि उकास्न धेरै मेहेनत गरेको देखिन्छ। पछिल्लो समयले टेलिभिजन कार्यक्रम ुसत्यम जयतु मार्फत उनी सामाजिक न्यायमा कतिसम्म संवेदनशील रहेको कुरालाई देखाउन सफल भएका छन्। महिलामाथि हुने घरेलुहिंसा, महिला सशक्तिकरणको बारेमा उनी संवदेनशील रहेको देखिन्छन्। साथै उनको पछिल्ला फिल्महरू सामाजिक न्याय सम्बन्धित छन्। उनले पहिलो फिल्मबाट पहिलोपटक ११ हजार भारू पारिश्रमिक लिएका थिए। अहिले उनी एउटा फिल्मको ११० देखि १७५ करोड भारू पारिश्रमिक लिन्छन्।

priyanka.jpg

प्रियंका चोपडा

सहायक पात्रबाट फिल्म अभिनय सुरू गरेकी प्रियंका चोपडा अहिले अंग्रेजी फिल्मको मुख्य पात्रमा देखिछिन्। भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउनको लागि उनले पनि सहयोग गरेकी छन्। उनी अहिले अन्तर्राष्ट्रिय रूपमा परिचित छिन्। युनिसेफ जस्ता बालबालिकाको कार्यक्रममा काम गरिरहेकी उनी अहिले अभिनेत्रीसँगै दर्शकको बीचमा प्रेरणाको खम्बाको रूपमा देखिँदैछिन्। करियरको सुरूवातमा अवसर नपाउँदा आफूलाई मननपर्ने फिल्ममा समेत अभिनय गर्नुपरेको उनी बताउँछिन्। पछिल्लो समय उनी साहसी भारतीय अभिनेत्रीको रूपमा पनि चर्चित छिन्। उनले अभिनय क्षेत्रमा पहिलोपटक ५ हजार भारू पारिश्रमिक लिएकी थिइन्। अहिले उनी आफूले मनपर्ने कथामा बनेको फिल्मको पारिश्रमिक १४ देखि २५ करोडसम्म लिन्छिन्।

karina.jpg

करीना कपूर खान

अभिनेत्री करीना कपूर खानको पारिवारिक पृष्टभूमि फिल्म क्षेत्रकै छन्। उनले पनि आफ्नो अभिनयमार्फत दर्शकको मन जित्न सफल भएकी छन्। बलिउडमा उनको अभिनयभन्दा शारीरिक सुन्दरताले चर्चित रहेकी उनको पहिलो पारिश्रमिक ११ हजार भारू थियो। अहिले उनी एउटा फिल्मको १२ देखि १८ करोड भारू पारिश्रमिक लिन्छिन्।

deepika.jpgदीपिका पादुकोण

अभिनेता शाहरूख खानसँग खुब जम्ने अभिनेत्री मध्ये दीपिका पादुकोण पनि हुन्। ुपठानु र ुजवानु फिल्मको अभिनयपछि झनै उनको चर्चा भइरहेको छ। बलिउडको प्राय ठूला लगानीमा बनेका फिल्ममा उनी देखिदै आएकी छन्। उनी आफ्नो अभिनयमा जीवन्त देखिछिन्। ओक्सर फिल्म अर्वाडमा उनी भारतीय कलाकारिता क्षेत्रबाट पहिलोपटक कार्यक्रम प्रस्तोता बनेकी थिइन्। बलिउडको ट्यालेन्ट अभिनेत्रीको रूपमा पनि उनी चर्चित छिन्। उनले आफ्नो अभिनय यात्रा विज्ञापनबाट गरेकी थिइन्। जसमा उनले पहिलोपटक २ हजार भारू पारिश्रमिक लिएकी थिइन् अहिले उनी एउटा फिल्मको १५ देखि ३० करोडसम्म पारिश्रमिक लिन्छिन्।

kangana.jpg

कंगना रनावत

अभिनेत्री कंगना रनावत पछिल्लो समय अभिनयसँगै राजनितिमा प्रवेश गर्ने दौडमा छिन्। उनका फिल्महरूले भने खासै चर्चा बटुल्न सकेनन्। महिला पात्रलाई बलियो बनाउन पनि उनले आफ्नो अभिनय क्षेत्रबाट सहयोग गरिरहेकी छन्। उनले पनि विज्ञापन अभिनयबाट कला क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले पहिलोपटक ८ हजार भारू पारिश्रमिक लिएकी थिइन्। अहिले उनी एउटा फिल्मको १५ देखि २७ करोड भारू पारिश्रमिक लिन्छिन्।

ajaya.jpeg

अजय देवगन

बलिउडको चर्चित अभिनेतामध्ये अजय देवगन पनि एक हुन्। उनी फिल्ममा राम्रो अभिनय गर्नुपर्छ भन्ने कुरालाई मान्यता दिन्छन्। उनी आफ्नो फिल्म प्रचारमा कम देखिन्छन्। त्यसैले पनि उनको राम्रो कथामा बनेको फिल्म पनि कम चर्चामा छन्। उनले पहिलोपटक ५ हजार पारिश्रमिक लिएका थिए। अहिले उनी ५० देखि ७० करोड भारू पारिश्रमिक लिन्छन्।

aksha kumar.jpg

अक्षय कुमार

बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार। उनी पछिल्लो समय सामाजिक मुद्दामा आधारित फिल्ममा देखिँदै आएका छन्। मुख्य पात्रको अभिनय यात्रा गर्दै आएका उनले आफ्नो कलाकारिता क्षेत्रबाट शौचालय सरसफाइ देखि महिनावारीको बेथितिलाई समेत सचेत गर्दै आएका छन्। उनी बलिउडका एक संवेदशील अभिनेता पनि हुन्। उनले पहिलोपटक १५०० भारू पारिश्रमिकबाट अभिनय सुरू गरेका थिए भने अहिले उनी एउटा फिल्मको ६० देखि १४५ करोड भारू पारिश्रमिक लिन्छन्।

ranabir.jpgरणवीर कपूर

अभिनेता रणवीर कपूरका आमाबाबु दुवै कलाकार हुन्। रणवीरले धेरै फिल्ममा अभिनय गरेका छन्। उनले पहिलोपटक २५० पारिश्रमिक लिएका थिए। अहिले एउटा फिल्मको उनी ५० देखि ७५ करोड भारू पारिश्रमिक लिन्छन्।