Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिका २ विकासपुर बस्ने विकाश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।