Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

फिल्म क्षेत्रमा कलाकारको छाल आएको छ: रेखा थापा

अभिनेत्री रेखा थापाले पछिल्लो समय फिल्म क्षेत्रमा कलाकारको राम्रो छाल आएको बताएकी छन् । फिल्म क्षेत्रमा कलाकारको छाल आउँदा हिरोहरू मिस भइरहेको उनको तर्क छ ।

शुक्रबार फिल्म ‘उपहार’ गीत रिलिज कार्यक्रममा रेखाले हिरोहरूको परिभाषा बदलिएको समेत धारणा राखेकी छन् ।  ‘हामीले हिरो भन्ने बित्तिकै राजेश हमाल, भुवन केसीहरूलाई हेर्दै आएका थियौँ । तर, मेरो जेनेरेसनमा हिरोको परिभाषा केही बदलियो । अहिले हिरो भन्दा कलाकारहरू स्थापित भइरहेका छन् ।’  हिरोहरू झगडा लगायत विभिन्न कारणले मिस भएको उनको भनाई थियो ।

‘अहिले हिरोले होइन, कलाकारको कारणले पनि फिल्म चल्छ’ रेखाले थपिन् । फिल्म क्षेत्रमा आफूले सधैँ नयाँ हिरोलाई मौका दिएको र आफूलाई नयाँ हिरोहरू लक्की पनि बन्ने गरेको बताइन् । फिल्म ‘उपहार’मा रहेका समर्पणजंग कार्की पनि हिरोको रूपमा उदाउने रेखाको तर्क थियो ।