Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

भगवान भेटिए श्रीमतीलाई फर्काइदेऊ भन्छु: मदनकृष्ण श्रेष्ठ

नेपाली टेलिशृंखलाबाट अभिनय यात्रा सुरू गरेका अभिनेता मदनकृष्ण श्रेष्ठ हास्य कलाकारको रूपमा चर्चित छन्। उनी श्रीमती यशोदा सुवेदीलाई सम्झिँदा भावुक हुन्छन्।

केही दिनअघि एक कार्यक्रममा उनले अन्तर्वार्ता दिएका थिए। जुन अन्तर्वार्ताको सानो भिडिओ क्लिप सामाजिक संजालमा भाइरल भएको छ। कार्यक्रम प्रस्तोताले 'फ्याट्ट भगवान भेटियो भने के माग्नुहुन्छ?' भनेर प्रश्न सोधे। उनले जवाफ दिँदै भने, 'मेरो श्रीमतीलाई फर्काइदेऊ भन्छु।' यसपछि उनी भावुक हुँदै मुसुक्क हासेँ। उनको यो भिडिओ सामाजिक संजालमा जताततै भेटिन्छन्। भिडिओमा आएका दर्शकका प्रतिक्रियाहरू पनि भावुकता रहेका छन्।

madan krishna and yasoda.jpg

भनिन्छ नि माया गर्ने मान्छेलाई कहिल्यै पनि बिर्सन सकिदैन। मदनले पनि आफ्नी श्रीमती यशोधालाई सम्झिँदा सधैं भावुक हुन्छन्। लामो समयदेखि क्यान्सरले पीडित भएकी यशोधाको ६ वर्षअघि निधन भएको थियो। विसं २०२६ सालमा उनीहरू प्रेम सम्बन्धमा बसेका थिए। दुवैले एकअर्कालाई खुबै माया गर्थे। केही वर्षअघि मदनले यशोदाको बारेमा बोल्दै भनेका थिए, 'जीवनमा पहिलोपटक कुनै युवती मन परेको भनेको यशोदा हो। उनलाई कसरी खुसी पार्ने होला भनेर म पनि अनेक उपाय निकालिरहन्थेँ।'

यशोदा र मदनले प्रेमविवाह गरेका थिए। उनीहरू एकअर्काको सुखदुस्खमा सधै साथ-सहयोग गर्दै अघि बढेका थिए।पछिल्ला समय मदन म्युजिक भिडिओमा देखिँदैछन्। हालै उनले अभिनेत्री मिथिला शर्मासँग नयाँ म्युजिक भिडिओमा अभिनय गरेका छन्।