Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मङ्गोलियाको एक घरमा आगलागी हुँदा सात जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपतकालीन व्यवस्थापन एजेन्सीले बताएको छ । 

 स्थानीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपतकालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ । 


चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।