Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मुकेश अम्बानीको कम्पनी रिलायन्सले अमेरिकी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्ने

भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ ।

रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर  किन्न लागेको स्रोतले जनाएको छ । केही स्रोतले भने डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ ।  यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ ।

सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ । भारतमा डिज्नी स्टारको सब्सक्राइबर संख्या घटिरहेको छ । कम्पनीले भारतमा व्यवसायको अन्य विकल्प पनि हेरिरहेको बताइएको छ ।