Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनमा क्षति

इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । 

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ । इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घर पूर्णरुपमा क्षति भएका छन् । 

७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।