Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इजरायलबाट ल्याइएका शव आजै धनगढी लगिने

इजरायलबाट ल्याइएका नेपालीका शव आजै कैलालीको धनगढी लगिने भएको छ । आइतबार बिहान तीन नेपालीको शव स्वदेश ल्याइएको हो ।

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका आशीष चौधरीको शव आजै दिउँसो १ बजे काठमाडौं ल्याइने पराराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ती चारै शव दिउँसो २ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिने स्रोतले जानकारी दियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।