Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

केन्याको उत्तरपश्चिममा भागदौड हुँदा चार जनाको मृत्यु

यस वर्षको हिरोज डे मनाउने स्थल केरिचो काउन्टीस्थित रङ्गशालामा शुक्रबार भागदौड हुँदा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

राष्ट्रपति विलियम रुटोको नेतृत्वमा हुने राष्ट्रिय उत्सवको लागि स्टेडियमका गेट सर्वसाधारणका लागि खोल्नुअघि शुक्रबार बिहानै सो दुर्घटना भएको प्रहरीले जनाएको छ । उत्तरपश्चिमी केन्याको केरिचोमा जारी गरिएको सुरक्षा प्रतिवेदनअनुसार चिया बिक्रेताले खुला आगोमा चिया पोखेपछि आतंक मच्चिएर घटना घटेको जनाएको छ ।

“रङ्गशालाबाहिर चिया बेच्दै आएकी एकजना महिलाले सार्वजनिक सडकको गेट नजिकैको आगोमा अचानक तातो चिया खसाल्दा भागदौड मच्चियो जसका कारण सर्वसाधारण आत्तिए र उनीहरूमाथि अश्रुग्यास प्रहार भयो’ प्रतिवेदनमा उल्लेख छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।