Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।


राजविराजबाट पश्चिम जाँदै गरेको स १० प ४७२ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।