Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

चलचित्र ‘फूलबारी’ युट्युबमा रिलिज

 नेपाली कथानक चलचित्र ‘फूलबारी’ युट्युबमा रिलिज गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो । 

विपीन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्कीलगायत चलचित्रको मुख्य भूमिकामा छन् । उपेन्द्र सुब्बाको कथा लेखन रहेको चलचित्रमा मनिष ढकालको लगानी छ ।