Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चीनमा दुर्घटनाग्रस्त पुराना जहाजबाट ५८० वटा अवशेष फेला

चीनको नेसनल कल्चरल हेरिटेज एडमिनिस्ट्रेसनले बिहीबार दक्षिण चीन सागरमा दुई वटा दुर्घटनाग्रस्त पुरातन जहाजबाट ५८० भन्दा बढी अवेशष फेला पारेको छ । पुराना जहाजको भग्नावशेष खोज्ने क्रममा अवशेष फेला परेका हुन् ।

 समुन्द्रमा दुर्घटना भएका पुराना जहाजबाट चिनियाँ भाँडाकुँडा, काठ लगायतका अवेशषहरू फेला परेका हुन् ।  यसले चिनियाँ पुर्खाहरूको व्यवसायलाई प्रस्ट्याएको अनुसन्धानकर्ताहरूको बताएका छन् । दक्षिण चीन सागरमा व्यापार गरेको प्रमाण भएको चीनले बताएको छ । 

मिङ राजवंश (१३६८–१६४४)का दुई जहाज दुर्घटना भएको थियो । करिब १५ सय मिटर तल यो अवेशषहरू फेला परेका हुन् ।