Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित युवती र युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका(३ चिसापानीको नयाँ बस्तीबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका ३० वर्षीया दिपा बिष्ट र २३ वर्षीय भुपेश थापा बिहीबार साँझ पक्राउ परेका हुन्।

लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त प्रहरी टोलीले दिपाको घरमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।