Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इजरायलबाट थप १८ नेपाली भारत आइपुगे

इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको जानकारी दिए ।nepali2.webp

इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले आज बिहान १८ नेपालीलाई पनि ल्याइदिएको हो । राजदूत डा. शर्माले इजरायलमा समस्यामा परेका नेपालीलाई उद्धार गरि ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

nepali1.webp

उनले नेपालीहरूलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जानका लागि यातायातको व्यवस्था गरिएको समेत जनाएका छन् । यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल गएका थिए ।