Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

विश्वकप छनोट: लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १–० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो । पहिलो लेगमा १–१ को बराबरी खेलेको नेपाल समग्रमा २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

अब नेपालले  दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।