बिगत १५ बर्षदेखि निरन्तर सांगितिक क्षेत्रमा लागिरहेका गायक किरन भुजेल र निर्देशक तथा कोरियोग्राफर केशब राज भट्ट रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायांकन गर्न पुगेका छन् ।
म्युजिक भिडियो छायांकन गर्न पुगेका निर्देशक केशबराज भट्ट कलाकार तथा गायक किरन भुजेल, कलाकार सोफि धरेल, अश्विन मगर, गौरभ मगर, सुस्मिता लामा, लगायत छायाकार प्रकाश खडका शृङगार मा कविन्द्र खडका रहेका छन् ।
करिब चार हजार मिटर उचाइ रहेको क्यान्जिङ, क्यान्जिङ रि सम्म छायांकन भएको उनले बताएका छन् । पहिलो पटक म्युजिक भिडियो छायांकन भएको भन्दै पुर्व वडा अध्यक्ष सुप्पा लामा तथा समाजसेवी जङ्बो लामा लगायत त्याहाका स्थानीय बासिन्दाहरुले उक्त छायांकनले लाङटाङमा अझै पर्यटक भित्रिने कुरामा बिस्वस्त रहेको उनले जानकारी दिए । निर्देशक भट्ट र गायक भुजेलले त्यहाँ बिभिन्न ७ वटा म्युजिक भिडियो छायांकन गरेका बताएका छन्।