Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

प्रधान सेनापति शर्माद्वारा ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना' सार्वजनिक (भिडियो)

गीतमा नेपाली सेनाका क्रियाकलाप र योगदानको चर्चा

नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा समेटिएको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा गीतको भिडियो सार्वजनिक भएको छ। मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । 

२.jpg

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका छन् । गायिका गीता पाण्डे, गायक सुभाष तिम्सिनाको युगल स्वर रहेको गीतमा कोरस गायन नारायण थापा, रवीन्द्र लामिछाने, राज कुमार आले मगर, राजीव परियार हेमन्त रामजेली मगरको छ । गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् । 

उक्त गीतको भिडियोको निर्देशन विशेष पौड्यालले गरेका हुन् । संगीतकार, गायक गायिकालाई प्रशंसा पत्र समेत वितरण गरिएको कार्यक्रममा गीतकार श्रेष्ठले नेपाली सेनाले स्थापना कालदेखिनै देशको सेवामा दिएको योगदानको चर्चा गर्न मन लागेकोले गीत लेखेको बताए । गीतको छायाङ्कन जीतबहादुर थापा र निरज पुडासैनी हुन् भने सम्पादन प्रकाश हुमागाई, किशोर दंगाल र रमेश विष्टले गरेका छन्।  

१.jpg

भिडियोमा नेपाली सेनाद्वारा गरिएको विभिन्न साहसिक, मानवताका कार्यहरूको भिडियो फुटेज राखिएको छ ।

हेर्नुहोस् गीतको भिडियो: