Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

इजरायलले गर्‍यो दक्षिण लेबनानमा हवाई आक्रमण

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । 

इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन सहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।