Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय पारा खेलाडीहरुको साथमा एनसेल

यही कात्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको चौथौं पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरुलाई एनसेलले शुभकामना व्यक्त गरेको छ ।

पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे ।  एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ ।  यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ । 

देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् ।  एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो । हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन् । भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’’

“देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरैै धन्यवाद दिन चाहन्छौँ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौषला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौँ,’’ पारा ओलम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले भने ।