सोलुखुम्बुमा आज दुर्घटना भएको मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टरका गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाइलाई थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको छ ।
काठमाडौँको ह्याम्स अस्पतालले उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ । ह्याम्स अस्पतालका कन्सल्टेन्ट, ईन्टेन्सिभिष्ट डा सबिन कोइरालाले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्नु भई उहाँको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बईमा लैजाने तयारी भएको जनाएको छ ।
“गम्भीर घाइते हुनु भएका पाइलट सेढाईको हेलिकप्टरबाट उद्धार गरी ह्याम्स ल्याइएको थियो । उहाँको उपचार इमेरजेन्सी कक्षमा सुरु गरी भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरिर जलेको अवस्था छ । साथै उहाँको फोक्सो र मेरुदण्डको हड्डी तथा मृगौलामा पनि समस्या छ । उहाँको शरिर र हातको उपचारका लागि अप्रेसन कक्षमा डेब्रिडमेन्ट र इस्काराक्टोमी गरी उपचार भएको छ ।
उहाँलाई उहाँको परिवार तथा एअरलाइन्ससँगको सरसल्लाहमा थप उपचारका लागि इण्डियाको नेसनल बर्न सेन्टर मुम्बइमा लैजाने तयारी भइरहेको छ । उनलाई शनिबार भारत लैजाने तयारी छ । हामी पाइलत सेढाईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।” विज्ञप्तीमा भनिएको छ ।