Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सिहंदरबार अगाडिबाट कृष्ण पहाडीसहित १६ मानव अधिकारकर्मी पक्राउ

सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर भन्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शन सुरु हुनासाथ प्रहरीले समाजका अध्यक्ष कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पीडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखिएको छ ।

list.webp