Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इजरायलमा घाइते भएका कैलालीका धनबहादुर चौधरी पनि फर्किए स्वदेश

प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी पनि स्वदेश फर्किएका छन् ।

उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि चार्टर विमानमार्फत फर्किएका हुन् । उनी अझै हिँड्नसक्ने भने भइसकेका छैनन । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए ।

सो घटनामा अन्य १० जना नेपाली विद्यार्थीको हमास समूहको आक्रमणमा निधन भएको हो । यस्तै घाइतेमध्ये अर्का एक नेपाली पनि डिस्चार्ज भएका छन् भने अन्य दुई जनाको उपचार जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।