Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

इजरायलबाट नेपालीको उद्धार

इजरायलबाट नेपालीको उद्धार: घर फर्कदाँको खुशी र आँशु (तस्वीरहरु)

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।

Isrel-resque-3.webp

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने बताएका छन् ।

Isrel-resque-6.webp

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकामा एक जना उपचारपछि आजै स्वदेश फर्केको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए ।

Isrel-resque-15.webp

‘आक्रमणमा परी सम्पर्कविहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ’, उनले भने, ’यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।’ इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

हाल तेलअभिवबाट नियमित रूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यस पटक कारणवश छुटेका नेपालीहरूलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ । परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यवद्धता जनाउनुहुने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरू, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरू र विमान चालक दलका सदस्यलाई पनि धन्यवाद दिए । युद्धग्रस्त भूमिबाट बाँचेर फर्किन सफल भएकाहरुले विमानस्थलमा आफन्तहरुसँग मृत्युको मुखबाट बच्न सफलकोमा खुशी व्यक्त गरेका छन् । यस्तै उनीहरुले सँगैका १० जना साथीहरु गुमाउनु पर्दा दुःखित रहेको समेत बताएक छन् ।

Isrel-resque-17.webp

Isrel-resque-3.webp

0u7a1401_dUYVKzuTC3.webp

Isrel-resque-16.webp

Isrel-resque-7.webp

Isrel-resque-10-1.webp

Isrel-resque-12-1.webp

Isrel-resque-11-1.webp

Isrel-resque-13-1.webp

Isrel-resque-15.webp

Isrel-resque-9.webp