Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

जुधेर मरेको अवस्थामा गैँडा फेला, खाग र खुर सुरक्षित

चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने, ‘जुधेर गैँडा मरेको हो ।’

चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।